आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

एमाले सुन्दरबजार नगर कमिटीको अध्यक्षमा मिश्र निर्वाचित

नेकपा एमाले सुन्दरबजार नगरपालिका कमिटीको अध्यक्षमा द्धारिकाप्रसाद मिश्र निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार लोकराज पाण्डेलाई १ सय १० मतले हराउँदै मिश्र नगरपालिका कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो । 
निर्वाचित अध्यक्ष मिश्रले १ सय ४९ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार लोकराज पाण्डेले ३९ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा सूर्यकान्त अधिकारी निर्वाचित हुनुभएको छ । अर्का उम्मेदवार रघुनाथ मिश्रलाई ७७ मतले हराउँदै अधिकारी सचिवमा निर्वाचित हुनुभएको हो । सचिवमा निर्वाचित अधिकारीले १ सय ३२ मत प्राप्त गर्नुभएको छ । अर्का उमेदवार रघुनाथ मिश्रले ५५ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि सोमबार दिउँसो मतदान गरिएको थियो । २ सय ८ प्रतिनिधि मध्ये १ सय ९३ जनाले मतदान गरेका थिए । नगरपालिका कमिटीको उपाध्यक्षमा जयराम रेग्मी, उपसचिवमा नवीनकुमार श्रेष्ठ र विष्णु श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । भूगोल सदस्य, खुला सदस्य सवैमा सर्वसम्मत भएको छ । सुन्दरबजार नगरपालिका ९ भोटेओडारको पैह्रेमा सम्पन्न तेस्रो नगर अधिवेशनले ६५ सदस्यीय नगरपालिका कमिटी चयन गरेको छ । 
 

प्रतिकृया दिनुहोस