आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

यस्तो छ लमजुङ मध्यनेपाल नगरपालिकाको नीति तथा कार्यक्रम

मध्यनेपाल नगरपालिकाले ‘समृद्ध मध्यनेपाल, सुखी मध्यनेपालवासी’ भन्ने नारासहत आर्थिक समृद्धिलाई विकासको मूल आधार बनाएर नीति तथा कार्यक्रम अघि सारेको छ ।
भोर्लेटारमा असार १० गते आइतबार आयोजित मध्यनेपाल नगरपालिका नगरसभाको तेह्रौं अधिवेशनमा मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
मध्यनेपाल नगरपालिकाले कृषि उपज तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भरताका लागि उद्यमशिलताको पर्वद्धन गर्ने नीति लिएको छ । बाँझो जमीनको एकीकृत तथ्यांक संकलन गरेर भूमि बैंकको अवधारणा ल्याएर कार्यान्वयन गर्ने नीति मध्यनेपालले लिएको छ । विदेश छोडेर स्वदेश फर्केका युवालाई रोजगारीका लागि सीप प्रदान गर्न रोजगार सूचना केन्द्रको अद्यावधिक गरी रोजगारदातासंगको समन्वयमा रोजगार प्रदान गर्ने नीति लिएको नगरप्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो ।
नगरपालिका गौरवका योजनाको रुपमा सुरुआत गरिएको सडक लगायत पूर्वाधारको कार्य सम्पन्न गरी थप गौरबको योजनाको पूर्वाधार सुरुवात गरिने नगरपालिकाले नीति लिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडा कार्यालयसम्म ५ वर्षभित्र सडक कालोपर्ने नीति पनि नगरपालिकाले लिएको छ ।
मध्यनेपाल नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम यहाँ हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस