मध्यनेपालद्वारा नदीजन्य पदार्थबाटमात्रै करिब २५ लाख राजस्व संकलन
मध्यनेपाल नगरपालिकाले चालु आर्थिक वर्षमा नदीजन्य पदार्थबाट २४ लाख ७१ हजार ६ सय ५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
नगरपालिका राजस्व शाखाका प्रमुख जीवन शर्माका अनुसार ११ महिनाको अवधिमा पालिकाले कूल ७७ लाख ५१ हजार ८ सय ३५ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले भूमिकर, घरबाहाल कर, सिफारिस दस्तुर नवीकरण लगायत शीर्षकामा राजस्व संकलन गर्दै आएको छ । उहाँका अनुसार भूमि मालपोत करबाट १५ लाख १६ हजार ८ सय ७५ रुपैयाँ, घरबाहल करबाट ४ लाख ६४ हजार ७ सय ७२ रुपैयाँ, नक्सापास दस्तुर ५ लाख ५३ हजार ७ सय ३४ रुपैयाँ, दस्तुरबाट ७ लाख २४ हजार २ सय २८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
सिफारिस दस्तुरबाट १५ लाख २४ हजार २ सय १२ रुपैयाँ, परीक्षा शुल्कबाट २३ हजार ३ सय रुपैयाँ, अन्य करबाट ३ लाख २३ हजार १ सय २९ रुपैयाँ र अन्य राजस्व १ लाख ४९ हजार ९ सय ८० रुपैयाँ संकलन गरेको उहाँले बताउनुभयो ।
गत वर्ष नगरपालिकाले १ करोड ३१ लाख ५६ हजार ८ सय ९० रुपैयाँ राजस्व संकलन गरेको राजस्व शाखाका सहायकस्तर पाचौं उद्धव पराजुलीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ४३ लाख ९७ हजार ८ सय ८७ रुपैया ३० पैसा राजस्व संकलन गरेको थियो ।





प्रतिकृया दिनुहोस