आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

राइनास नगरपालिकामा साइकल ट्रेल र पदमार्ग सञ्चालन 

राइनास नगरपालिकाले आफ्नो गौरबको आयोजनाको रुपमा वडा नं. ९ र १० जोड्ने गरी साइकल ट्रेल तथा पदमार्ग सञ्चालनमा ल्याएको छ ।
पर्यटनको माध्ययमबाट स्थानीयको जनजीवनलाई उकास्न साहसिक खेल साइकल ट्रेल सञ्चालनमा ल्याएको छ । वडा नं. १० को प्यारजुङ भञ्ज्याङमा शनिबार आयोजना गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खड्गबहादुर गुरुङले साइकल ट्रेलले पर्यटनको क्षेत्रमा नयाँ आयाम थपेको बताउनुभयो । राइनासमा ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले राइनासकोट प्रख्यात रहेको र यसैको पेरिफेरिमा रहने गरी साइकल ट्रेल निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँले साइकल ट्रेलको माध्ययमबाट पर्यटन प्रवद्र्धन गरिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले साइकल पर्यटनको माध्ययमबाट ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न खोजिएको बताउनुभयो । पर्यटन र कृषिको माध्ययबाट नगरपालिकालाई समृद्ध बनाउने राइनास नगरपालिकाको दीर्घकालीन योजना रहेको भन्दै उहाँले तल्लो क्षेत्रमा कृषि र पशुपालन गर्दै माथिल्लो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाएर नागरिकको जनजीवन उकास्ने काममा लागिपरेको बताउनुभयो ।
उद्घाटनका दिन जिल्ला र जिल्ला बाहिरका गरी २१ जनाले साइकल दौडाएका छन् । उनीहरुले प्यारजुङ भन्ज्याङदेखि जोगीगुफा, साल्मेकोट, लामागाउँ, गोरखनाथ मन्दिर, कोकेगाउँ, घुरसाबे, दरबारगढी, पात्लेपानी, राइनासकोट हुँदै सिद्ध गुफा भएर भक्तिपार्क मोहोरियाकोट पुगेर टुंगिएको थियो ।
राइनास नगरपालिका वडा नं. ९ ले १० लाख र वडा नं. १० ले ६ लाख रुपैयाँ गरी १६ लाख रुपैयाँ लागतमा टे«ल तथा पदमार्ग निर्माण गरिएको राइनास नगरपालिका १० का वडा अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । प्रचार प्रसारको अभावमा ओझेलमा परेका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको प्रवर्दन तथा संरक्षणका लागि ट्रेल तथा पदमार्ग निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । साइकल ट्रेल करिब ९ किलोमिटरको रहेको साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको राइनास नगरपालिका ९ का अध्यक्ष लुविन्द्र गुरुङले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस