आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

पहिरोले घर भत्किएपछि पीडितलाई मध्यनेपालको सहयोग

असिनापानीका कारण मध्यनेपाल नगरपालिका १, जिता देउरालीका स्थानीयको एउटा घर भत्किएको छ । 
स्थानीय कृष्णप्रसाद पौडेलको घर भत्किएको वडाअध्यक्ष सुदिप थापाले बताउनुभयो । उहाँका अनुसार पहिरोले घरको एकापट्टिको गारो लडेको छ । लमजुङका धेरैजसो ठाउँमा शुक्रबार असिनापानी परेको थियो ।
घर भत्किएपछि समस्यामा परेका पौडेलको परिवारलाई मध्यनेपाल नगरपलिकाले त्रिपाल उपलब्ध गराएको छ । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे र वडा अध्यक्ष थापा शनिबार पीडितको घरमा पुगेर अस्थायी टहरा निर्माणका लागि त्रिपाल उलब्ध गराउनुभएको हो । अर्को व्यवस्था नभइञ्जेलसम्म त्रिपाल उपलब्ध गराइएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
असिनापानीले मकै, तरकारीबाली तथा फलफूलमा समेत क्षति पु¥याएको छ । असिनापानीले तरकारी बाली, आँप, नासपाती, आल्चा, आरुलगायत फलफूलल सखाप पारेको वडा अध्यक्ष थापाले बताउनुभयो । विपदका कारण समस्यामा परेका कृषकलाई स्थानीय सरकारले अवस्था हेरेर उचित सम्बोधन गर्ने नगरप्रमुख पाण्डेले बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस