मध्यनेपालमा शिक्षक नायक तथा जुनियर युवा रेडक्रसको कार्यक्रम
मध्यनेपाल नगरपालिका ७, करापुटारस्थित कुसुमाकर माविमा शिक्षक नायक, जुनियर युवा छात्र तथा छात्राहरुको सहभागितामा अन्तरक्रिया गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङले बैशाख २९ र ३० गते गोष्ठीको आयोजना गरेको हो । कार्यक्रममा ४४ विद्यालयका शिक्षक नायक, जुनियर युवा छात्र तथा छात्राहरुको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मध्यनेपाल नगपालिका प्रमुख रमेशकुमार पाण्डेले विपद्का बेला शिक्षक नायक र युनियर युवा छात्र छात्राको विषेश भूमिका रहने बताउनुभयो ।
कुसुमाकर माध्यामिक विद्यालय जुनियर युवा रेडक्रसका अध्यक्ष करुण विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङका सभापति ऋषिराम घिमिरे, मन्त्री मदनकुमार नेउपाने, जुनियर युवा समितिका संयोजक मातृकाप्रसाद खनाल, जिल्ला कार्य समिति सदस्य सुनिता नेउपाने, प्रदेश जुनियर युवा समितिका संयोजक तीर्थराज तिवारी, भार्लेटार उपशाखा सभापति वद्री पौडल, ईशानेश्वर उपशाखाका सभापति मदनसिंह घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक धु्रवराज घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक नायक सुवास अधिकारीे गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका वार्षिक कार्यक्रमको प्रतिवदन प्रस्तुति र संकलन, रेडक्रस अभियान, ७ सिद्धान्त, रेडक्रस अभियान चिन्ह, यसको प्रयोगलगायतको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा लमजुङका शाखा अधिकृत श्रीकान्त घिमिरेले लमजुङ रेडक्रसका गतिविधि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रेडक्रसका कार्यक्रम अधिकृत गणेश गौलीले विपद्, यसको व्यवस्थापनमा पूर्व तयारी, राहत तथा उद्धारलगायत विषयमा सहजीकरण गर्नुभएको थियो । यस्तै, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, महासचिव रामदत्त पौडेल र लमजुङ शाखाका सभापति ऋषिराम घिमिरेले रेडक्रस अभियान र हालको समसामयिक विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जुनियर युवा रेडक्रसका गण्डकी प्रदेश महासचिव शिव अधिकारी, मोहन घिमिरेलगायतको उपस्थिति थियो । कार्यक्रम मध्यनेपाल घर भइ हाल अमेरिका निवासी मिट्स नेपाल युएसका अध्यक्ष कमल कसी र मध्यनेपाल नगरपालिका तथा नेपाल रेडक्रस सोसाीटी ईशानेश्वर उपशाखाको सहयोगमा सम्पन्न भएको हो ।





प्रतिकृया दिनुहोस