दूधपोखरीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन तयारी
दूधपोखरी गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने तयारी सुरु गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा एकसाथ परिचयपत्रको विवरण संकलन गरिने भएको हो ।
सवै वडा कार्यालय तथा पायक पर्ने ठाउँबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका इन्जिनियर अबुध अलीले बताउनुभयो । उहाँका अनुसार विभागबाट खटिएका अपरेटरहरु वडा वडामा पुगेर विवरण संकलन गर्नेछन् । यसको तयारीका लागि सोमबार दूधपोखरी गाउँपालिकामा सोमबार अभिमुखिकरण गराइएको उहाँले बताउनुभयो ।
वडा कार्यालयमा रहेका रुजु अधिकारी अर्थात वडा सचिव, वडाअध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीलाई राष्ट्रिय परिचयपत्र विवरण संकलनबारे जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । उहाँका अनुसार यो अभियान अन्तर्गत कसैलाई पनि नछुटाउन उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
विवरण संकलनका लागि एउटा वडामा २ जना विवरण अपरेटर, रुजु अधिकारीे रुपमा वडा सचिव र एक जना स्वयमसेवक खटाइएकोे छ । अहिले मध्यनेपाल र दोर्दी गाउँपालिकामा विवरण संकलनकार्य भइरहेको छ । राष्ट्रिय परिचयपत्र विवरण भर्नको लागि नागरिकता अनिबार्य चाहिने भएकाले आफ्नो नागरिकता लिएरमात्र राष्ट्रिय परिचय पत्र विवरण संकलन केन्द्रमा जान प्रशासनले आग्रह गरेको छ ।
राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि आयोजित अभिूखिकरण कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक मानबहादुर शाही, प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमल, राष्ट्रिय अनुसन्धान अधिकृत कुमार बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रलगायतको उपस्थिति थियो । दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले राख्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख सुशिल नरालले गर्नुभएको थियो ।
लमजुङमा हालसम्म करिव ३५ हजार नगारिकले राष्ट्रिय परिचय पत्रको लागि विवरण भरेर राष्ट्रिय परिचयपत्रको नम्बर लिइसकेका प्रशासनले जनाएको छ ।





प्रतिकृया दिनुहोस