दूधपोखरीको सामघडेरीबाट फुलिङगिरीसम्मको सडक कालापत्रे सुरु
दूधपोखरी गाउँपालिकामा सामघडेरी देखि फुलिङगिरीसम्मको सडक कालोपत्रे थालिएको छ ।
वडा नं. ४ को सामघडेरीबाट वडा नं. ३ को फुलिङगिरीसम्मको ८ किलोमिटर सडक कालोपत्रे कार्य थालिएको गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बताउनुभयो । उहँँका अनुसार संघ सरकारको ४० करोड रुपियाँमा उक्त सडक कालोपत्रे सुरु गरिएको छ । यसैबर्ष बजेट विनियोजन भएको बताउनुभयो । २ बर्षभित्रमा निर्माण कार्य सकाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । अहिले उक्त सडक कच्ची रहेको छ । कच्चाी सडकलाई कालोपत्रे गरी नागरिकलाई आउजाउमा सहज बनाउने र सवारी साधन सञ्चालनमा सहज बनाउने गाउँपालिकाले जनाएको छ । बर्षाको समयमा हिलाम्मे र खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम हुने भएकाले कालेपत्रे थालिएको हो । सडक कालोपत्रे भएपछि सहज हुने उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले बताउनुभयो । गाउँपालिकाका २ वडासंगै अन्य वडाका नागरिकलाई सहज हुने बताउनुभयो । क्रमागत योजना अन्तर्गत सडकको काम हुने छ ।
गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, वडाध्यक्षहरुको उपस्थिति थियो । देवप्रसाद गुरुङले आफूहरुकै पहलमा बजेट विनियोजन भएको भन्दै आगामी दिनमा पनि उक्त क्षेत्रको विकासमा लाग्ने बताउनुभयो । निर्वाचनमा पराजित भएपनि आफ््नो तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।





प्रतिकृया दिनुहोस